सिरियामा सरकारले रसायनिक आक्रमण गरेको अमेरिकी आरोप, ५८ जनाको मृत्यु

  • एजेन्सी, २३ चैत ।

सिरियामा भएको रसायनिक आक्रमणमा राष्ट्रपति बसर अल–असर सरकारको संलग्नता रहेको अमेरिकाले आरोप लगाएको छ ।

५८ जनाको ज्यान जाने गरी उत्तर पश्चिमी इडलिब प्रान्तमा भएको रसायनिक आक्रमणमा असद सरकारको संलग्नता रहेकोमा कुनै शंका नरहेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

इडलिबको खान शेखहोनमा भएको आक्रमणमा धेरैको सास फेर्न समस्या भएका कारण ज्यान गएको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । सिरियाको सरकारी वा रुसी विमानबाट रसायनिक आक्रमण भएको सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सको भनाई छ ।

रसायनिक आक्रमणमा परि घाइते भएकाको उपचार भइरहेका बेला लडाकु विमानले रकेट आक्रमण गरेका थिए । सिरियाली सेनाले आफूहरुले कुनै पनि किसिमको रसायनिक हतियार प्रयोग नगरेको दाबी गरेको छ । संयुक्त राष्ट्रसंघ तथा अमेरिका, बेलायत, फ्रान्ससहितका विभिन्नदेशले घटनाको निन्दा गरेका छन् । घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विज्ञप्ति जारी गरेर त्यसको निन्दा गरेका छन् ।

बसर अल–असदले नै यस्तो अमानवीय कार्य गरेको उनको भनाई छ । मंगलबार बिहानै धेरैजसो मानिस सुतिरहेका बेला इडलिबबाट ५० किलोमिटर पर रहेको बिद्रोही नियन्त्रित खान शेखहोनमा रसायनिक आक्रमण भएको हो ।

,

प्रतिकृया दिनुहोस्

Loading...