नेपाली एक्सन सुपरस्टारनायक नीखिल उप्रेतीसँग भारतिय नायिकाले बिहेको प्रस्ताव राखेपछि

  • काठमाडौं ।
निखिल उप्रेती नेपाली सिनेमा जगत्का चर्चित नायक हुन् । चलचित्र पिँजडाबाट आफ्नो करिअर सुरु गरेका उप्रेतीका थुप्रै फ्यान छन् । तर, उनको बिर्सने बानीले धेरैलाई भुलिसके, तर कतिपय यस्ता फ्यान छन् जसलाई बिर्सन सक्दैनन् । तिनै फ्यानको किस्सा उप्रेतीले गज्जबका महेश तिमल्सिनालाई सुनाए ।
मेरो एक्सनको नक्कल गर्न घरको छतबाट हामफाल्ने बाबुछोरा

केही समयअघि म पूर्वको दमक गएको थिएँ । त्यहाँ मैले दुईजना अचम्मका बाबुछोरालाई भेटेँ । उहाँहरू दुवैजना मेरो फ्यान हुनुहुँदो रहेछ । ती बाबुछोराले मेरो बन्जीजम्पको एक्सन गर्ने भनेर घरको छतबाट हामफालेका रहेछन् । जसले गर्दा दुवैजनाको टाउकोमा टाँका लगाएको देखेँ । अझ बाबुचाहिँले त हातै भाँचेको थियो । उनीहरूको त्यो अवस्था देखेर मलाई एकछिन हाँसो उठ्यो । पछि मैले उहाँहरूलाई सम्झाएँ । जुन कुरा मेरो मस्तिष्कमा अझै पनि ताजा छ । मलाई अहिले उहाँहरू कस्तो हुनुभयो होला भन्ने जिज्ञासा छ, भेट्न मन लागिराछ ।

७५ वर्षीया वृद्धाले मलाई मनपर्‍यो भनेपछि…

म ‘दुनियाँ’ चलचित्रको सुटिङका लागि पोखरा गएको थिएँ । त्यो सुटिङ हेर्नका लागि हजारौँ मानिस त्यहाँ उपस्थित थिए । त्यो भिडमा एकजना ७५ वर्षकी हजुरआमा हुनुहुँदो रहेछ । उहाँ त्यो हजारौँको भिडलाई छिचोल्दै मसमक्ष आउनुभयो । उहाँले हो म तिमीलाई असाध्यै मन पराउँछु भन्नुभयो । अनि मैले तपाईंलाई मेरो केचाहिँ राम्रो लाग्छ त ? भनेर सोध्दा ती ७५ वर्षीया हजुरआमाले मलाई बाबुको फाइट निकै मनपर्छ भन्नुभयो । उहाँले त्यो उमेरमा फाइटको तारिफ गर्नुभयो । त्यसैले कसैलाई मन पराउन न उमेर चाहिँदो रहेछ न त रिजन र लजिक नै ।

मेरो एक्टिङ गर्दा खुट्टा भाँच्नेलाई पाँच हजार दिएँ

म काठमाडौंस्थित रानीबनमा फिल्मको सुटिङमा व्यस्त थिएँ । त्यही वेलामा एकजना महिला आउनुभयो र भन्नुभयो, ‘तपाईंको एक्सनले मेरो छोराले खुट्टा भाँच्यो सहयोग गर्नुपर्‍यो ।’ तर, विडम्बना ! त्यो दिन मेरो खल्तीमा पैसा नै थिएन । मैले त्यो बच्चाको उपचारका लागि साथीसँग सापट गरेर पाँच हजार रुपैयाँ दिएको थिएँ । जुन घटना अझै पनि ताजै छ ।

जँड्याहाले नाटक गर्‍यो एक हजार दिएँ

म सुटिङकै क्रममा काठमाडौंमा थिएँ । सुटिङ भइरहेको समयमा एउटा मान्छे आएर मेरो छोराको भात भाँचियो सहयोग गर्नुप¥यो भन्यो । पछि मैले त्यो जँड्याहा हो भन्ने थाहा पाएँ । अनि मैले उसलाई धेरै प्रश्न गरेँ । उसले सबै नाटकी कुरा गरेको मैले थाहा पाएँ । तैपनि उसले राम्रो नाटक गरेका कारण एक हजार रुपैयाँ दिएर पठाएको छु ।
जहाँ गएँ त्यहाँ निखिल भेटेँ

म चलचित्र सुटिङका लागि जहाँ–जहाँ पुगेँ, त्यहाँ एउटा न एउटा निखिल भेटेँ । म सुटिङमा व्यस्त भएको ठाउँमा धेरै केटाकेटी आउँथे । तिनीहरूमध्ये एउटालाई यो हाम्रो गाउँको निखिल उप्रेती हो, यसले टिभीको निखिलको जस्तै फाइट गर्छ भन्थे । त्यसरी केटाकेटीले भन्दा म’मा खुसीको सीमा नै रहन्नथ्यो । त्यसैले म गर्वका साथ भन्छु । मेरा धेरै बालबालिका फ्यान छन् । त्यसैले म आफूलाई भाग्यमानी सम्झन्छु ।

मेरो भिडियो हेरेपछि मात्र स्कुल जाने पाँच वर्षकी नानी

मिथिला दिदीले फोन गरेर भन्नुभयो, ‘मलाई एउटा परिवारले तिम्रो नम्बर मागिरहेको छ, म नम्बर दिऊँ ?’ मैले हुन्छ भनेँ । त्यो परिवारमा एउटा छोरा एउटा छोरी रहेछन् । छोरी भर्खर ५ वर्षकी थिइन् । उनी त्यो उमेरमै मेरो डाइहार्ट फ्यान भइछिन् । उनलाई स्कुल पठाउन उसको बाबाममीलाई धेरै गाह्रो परिरहेको रहेछ । उसलाई स्कुल पठाउनुप¥यो भने सधैँ मेरो फिल्म अथवा भिडियो देखाउनुपर्ने । यति मात्र नभएर बिस्तारैै त्यो नानीले आफ्नो नाम निखिल राख्दिनका लागि बुवाआमालाई भनिछन् । तर, छोरी मान्छेको नाम कसरी निखिल राख्ने ? त्यसपछि त्यो परिवारले मलाई भेटाएर त्यो छोरीलाई सम्झाउन चाहेछ । मैले फोनमै ऊसँग कुरा गरेँ । उसलाई सम्झाएँ अनि उनले भाइको नाम निखिल राख्ने सर्त राखिन् ।

मलाई भेट्न युकेबाट नेपाल आउने फ्यान

एउटा सानो भाइ थियो । जो आफ्नो परिवारसँग युकेमा बस्थ्यो । ऊ त्यहीँ जन्मेको रहेछ । त्यो भाइलाई युकेमा उसका बुवाआमाले मेरो फिल्म देखाउनुभएको रहेछ । फिल्म हेर्दाहेर्दै उसको मप्रतिको लगाब बढेछ । केही समयपछि उसका बुवाममी दसैँका लागि नेपाल आउन चाहन्थे । तर, ऊ नेपाल आउन मान्दैनथ्यो । उसको बाबाआमाले नेपालमा निखिललाई भेटाइदिउँला भन्ने सर्त राखेपछि मात्र ऊ नेपाल आउन तयार भएछ । त्यसपछि नेपाल आएपछि पनि उसले मान्दै नमानेपछि उसको बुवाआमाले उसलाई लिएर म सुटिङ गरिरहेकै स्थानमा आउनुभएको थियो । उसले मलाई धेरै प्रश्न गरेको थियो । जुन मलाई अहिले पनि याद आइरहेको छ ।

अनमोल केसी नै मेरो फ्यान

अहिलेका चर्चित नायक एवं मोडल अनमोल केसी बच्चा वेलामा मेरो डाइहार्ड फ्यान थिए । ऊ स्कुल जान नमानेर म नै उसलाई सम्झाउन जान्थेँ । एकदिन म सुटिङकै क्रममा चक्रपथमा थिएँ । त्यहाँ भुवनदाइ बिहानै आएर मलाई घरमा जाने सर्त राख्नुभयो, म गएँ । भुवनदाइले मेरो छोरो अनमोल तेरो डाइहार्ट फ्यान हो भन्नुभयो । स्कुल जान पनि मान्दैन, तैँले एकपटक सम्झाइदेन भनेपछि म उहाँको घरमा गएर सम्झाएँ । तर, मैले अहिले भेटेको छैन ।

बलिउडकी चर्चित नायिकाले बिहे गर्छु भनेपछि…

बलिउडकी एक चर्चित नायिका जसको नाम म भन्न चाहन्नँ । उनी मेरी निकै नै डाइहार्ड फ्यान हुन् । उनी नेपालमा १० दिनका लागि सुटिङमा आउँदा मप्रति यति धेरै क्रेजी भइछिन् कि म त्यसको वर्णन नै गर्न सक्दिनँ । उनले जीवनमा मजत्तिको राम्रो मान्छे कहिल्यै देखेकी थिइनन् रे । 

तर, म खासै राम्रो मान्छे भने होइन । यति हुँदाहुँदै उनले मलाई विवाहको प्रस्ताव गरिन् । तर, त्यसलाई अस्वीकार गर्नुपर्ने मेरो बाध्यता थियो । पछि मलाई भेट्नका लागि उनको सबै टिम नै आएका थिए । उनको दिमागबाट मलाई हटाउनका लागि म दिल्लीसमेत गएको थिएँ ।

,

प्रतिकृया दिनुहोस्

Loading...