एमाले भित्रका दुई गुटले टुङगाए पर्वतका २ नगर र ५ गाउँपालिकाका प्रमुख उमेद्बार..

  • इमान्दार मिडिया संवाददाता।
सरकारले घोषणा गरेको स्थानिय तहको निर्वाचनको मिति नजिकिएको बेला एमाले पर्वतमा भने सधै दुई ध्रुबमा रहने नेताहरु पनि एकै ठाउँमा भएका छन् ।

इमान्दार मिडिया डटकमलाई बिषेस श्रोतले बताए अनुसार पर्वतका दुई नगपालिका र पाँच गाउँ पालिकामा पनि प्रमुख पदका उमेद्बारहरुको नामावली तयार भएको छ । सधै गुट उपगुटमा रमाउने एमालेका नेताहरुले यसपाली भने निकै गोप्य खालका भेटवार्ताहरु गरि उमेद्बारहरुको नामावली तयार पारेको बताइएको छ ।

हरेक जसो एमाले पर्वतका नेताहरुको बैठक तथा वार्ताहरुलाई नजिकबाट नियालेका एक नेताका अनुसार पर्वतको जलजला गाउापालिकामा एमालेको तर्फबाट ओली समुहमा सक्रिय रहेका नेता लाल बहादुर अधिकारीले टिकट पाउने छन् । त्यहाँ अर्को स्थापित नेता उदय सुवेदी रहेता पनि उनलाई यसपाली टिकट दिइने छैन ।

मोदी गाउँपालिकामा एमाले पर्वतका उपाध्क्ष समेत रहेका माधव नेपाल समुहका नेता भक्त कुवँरले टिकट पाउनेछन् । त्यहाँ अर्को बाजुङ्ग गाबिसका पुर्व अध्यक्ष रहेका प्रेम पौडेलले दावा गरेपनि उनले टिकट पाउने छैनन् ।

कुश्मा नगर पालिकामा शान्ता पौडेल र मेघनाथ सुवेदीको नाम हिजो मात्रै प्रदेश कमिटीमा सिफारीस गर्ने निर्णय भएको भएता पनि टिकट पछिल्लो समय ओली समुहमा लागेका यस क्षेत्रका स्थापित नेता मेघनाथ सुवेदीले पाउँनेछन् । कुश्मा नगरपालिकामा पछिल्लो समय एमालेका धेरै नेताहरुले दावा गरेपनि हिजो मात्रै पौडेल र सुवेदीको मात्रै नाम प्रदेशमा पठाउने सहमती भएको थियो । यसकारण पनि सुवेदीको टिकट पक्का भएको बताईन्छ ।

यसैगरि पर्वतको दुई नम्बर निर्वाचन क्षेत्रमा रहेको फलेवास नगरपालिकामा भने अनौठो दृष्य देखिन थालेको छ । एमालेको राजनैतिक जिवनकाल भरी दुई बिपरित धु्रवमा देखिने मोती पौडेल र साँसद समेत रहेका बिकास लम्सालले यसपाली पार्टी सचिव रहेका पदमपाणी शर्माको प्रचार थालेका छन् ।

श्रोतका अनुसार लम्सालको धर्मपत्नी समेत रहेकी एमाले नेतृ मञ्जु पौडेल उप प्रमुख हुने भएपछि यी दुई लम्साल र पौडेलको मिलती भएको बताईन्छ । त्यहाँ पर्वत काठमाण्डौं सम्पर्क मञ्चलाई दुई कार्यकाल देशैभरमा उत्कृष्ठ बनाएका नेता पुर्ण पौडेल र देबेन्द्रराज पाण्डेले दाबि गरेपनि पदमपाणीको नै टिकम पक्का छ । उनी माधव नेपाल समुहमा सक्रिय छन् ।

यस्तै महासिला गाउँपालिकामा तल्लो कमिटिबाट एमाले भित्र धेरैले दाबि गरेपनि एमाले पर्वतका पुर्व उपाध्यक्ष राजु पौडेलले नै प्रमुखको टिकट पाउने छन् । त्यस गाउँपालिकालाई एमालेले जित्ने पर्वतको पक्का एक गाउँपालिका रहेको समेत बताईन्छ ।

पर्वतको दक्षिणमा रहेको अर्को एक पैयु गाउँपालिकामा भने एउटै गुट भित्र चर्को बहस छ । त्यहाँ रहेका नेपाल समुहका मित्रलाल बस्याल र महेन्द्र श्रेष्ठको बिचमा पार्टी भित्र पनि प्रतिष्पर्दा हुनेछ तर सुचनाकेन्द्रलाई प्राप्त समाचार श्रोतका अनुसार टिकट भने महेन्द्र श्रेष्ठले पाउने संभावना बढी छ । 

एमालेका केन्द्रिय नेता किरण गुरुङ्गसँगको निकै नजिकको निकटताको कारण महेन्द्र श्रेष्ठले टिकट पाउने संभावना बलियो रहेको बताईन्छ । मित्रलाल बस्याललाई प्रदेशमा मिलाउने गरि श्रेष्ठलाई टिकट दिने कुरा भएको एमाले श्रोत नै बताउँछ ।

त्यस्तै बिहादी गाउँ पालिकालाई एमालेको सबैभन्दा कमजोर गाउँपालिको रुपमा लिईएको छ । यसमा एमालेका स्थापित नेताहरु नभएको कारण बिगत देखि नै एमालेका सक्रिय रहेका ओली समुहसँग निकट कमल भुषालले टिकट पाउने छन् । यस गाउँपालिकामा अन्य धेरैको खासै दाबा नभएको कारण पनि भुषालको टिकम पक्का छ ।

सबैभन्दा रमाईलो त यसपाली एमाले पर्वतमा यो भएको छ जो एमाले भित्र गुटकालागि सबैभन्दा सक्रिय नेताहरु हुन उनीहरुको बिचमा टिकटको बिषयलाई लिएर धेरै पटक गोप्य छलफलहरु भएको र त्यसबाट यी नेताहरुलाई मैदानमा लैजाने सहमती पनि भएको बताइएको छ । जसमा एमाले पर्वतका अध्यक्ष पदम गिरी र पार्टीका अनुसासन आयोगका नेता गणेश पौडेलको बिचमा लामो समय देखि भित्री खालका छलफलहरु भएका थिए ।

२०७४ बैशाख ८ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...