शीर्ष नेताबीच बैठकभित्रै झण्डै कुटाकुट : ल्याङल्याङ किन भन्दै ओली देउवामाथि झम्टिए !

  • काठमाडाैं ।

चुनाव नजिएकका बेला सत्ता साझेदार एवम् संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संसद भवनमै चर्काचर्की भएको छ ।

सरकारले तराईरमधेसका ११ जिल्लामा स्थानीय तहको संख्या थप्न लागेको विरोधमा एमालेले संसद अवरुद्ध पारेपछि सहमतिका लागि संसद भवनमै बसेको ४ दलको बैठकमा ओली र देउवाबीच चर्काचर्की परेको हो ।

स्रोतका अनुसार बैठकमा देउवाले ओलीलाई सोधेका थिए, ‘लम्बेचौडे कुरा छाडिदिनुस्, एमालेले गर्न खोजेको के
चुनाव हुन दिने कि नदिने ?’ ओली पनि के कम ! तुरुन्तै प्रतिप्रश्न गरे, ‘तपाईंहरुले चुनाव गराउने कि नगराउने ?’

देउवाले ‘चुनाव गराउने हो’ भनेपछि ओलीले भने, ‘गर्ने हो भने यो ल्याङल्याङ किन, थपक्क प्रस्ताव फिर्ता गर्नुस् न त !’ त्यसपछि देउवाले जवाफ फर्काए, ‘फिर्ता किन गर्ने, तपाईँले थपक्क समर्थन गरे भइगो नि !’

,

प्रतिकृया दिनुहोस्

Loading...