गल्फ इनोभेसनका मालिकले १ जना पीडितलाई भने - तिमी मात्र सुटुक्क आउ र पैसा लिएर जाउ, अरुलाई नभन

  • काठमाडौं, १७ बैशाख ।
काठमाडौंको कुपण्डोलमा रहेको गल्फ इनोभेसन ग्रुप नेपालले आफ्नो ठगीधन्दा लुकाउन आफुबिरुद्ध मुद्दा हाल्ने १२ जनामध्ये १ जनालाई सुटुक्क फोन गरेर पैसा फिर्ता लैजान दबाब दिएको छ ।

मुद्दा हालेर लफडा नगर्न र अरुलाई नभनी खुरुखुरु आएर आफ्नो क्षतिपूर्ति लगेर जान मेनपावरका संचालक जयराम अधिकारीले दाबब दिएको नाम नबताउने सर्तमा एकजना पिडितले इमान्दार मिडियासँग भने ।

'जयराम सरले फोन गरेर तिम्रो पैसा लागेर जाउ तर अरु कसैलाई नभन, तिमिमात्र आउ भन्नुभयो । मैले मुद्दा हालिसकेपछि त्यसरी अाफ्नाे मात्रै स्वार्थ हेर्ने कुरा भएन ।' पिडितले इमान्दार मिडियासँग भने - 'हामी १५ / १६ जनाले गल्फबिरुद्ध मुद्दा हालेका छौं, आइतबार थप ४/४ जनाले फेरी मुद्दा हाल्ने तयारी गर्नुभएको छ । हामी सबै पिडित हो सबैले न्याय पाउनुपर्छ ।'

यता मेनपावरका एजेन्टले समेत मुद्दामामीला गरेर लफडा नगर्न र मेनपावरले दिएको सानोतिनो रकम लिएर घर फर्कन दबाब दिएको पीडितले बताए । ' एजेन्टकी श्रीमतीले नै फोन गरेर तिमीले जे गरिरहेका छौ त्यो ठिक होइन, मेनपावरले दिएको पैसा लिएर घर जाउ भनेर भन्यो तर म एक्लै जान्न । ' पिडितले भने ।

यता पिडितहरुले एकमुष्ट क्षतिपूर्ति लिएर मात्र फर्किने बताएका छन् । सोझासाझा नेपालीहरुलाई ठगेर यसरि दुख दिने मेनपावरलाई कानुनबमोजिम हदैसम्मको कारवाही हुनुपर्ने पिडितहरुको माग छ ।

पिडितहरुले न्याय माग्न आवाज उठाउने व्यक्तिलाई मेनपावरले एक्ला एक्लै बोलाएर सानोतिनो पैसा दिएर चुप लगाउने गरेको समेत खुलासा गरेका छन् ।

यो पनि पढ्नुहोस् 

गल्फ इनोभेसन ठगीधन्दा : विदेश गएकाहरु फर्केर मुद्दा हालेपछि खुल्यो यस्तो रहस्य

, ,

प्रतिकृया दिनुहोस्

Loading...