हिसिला यमीलाई सामाजिक सञ्जालमा अश्लील गाली, खोजी-खोजी बलात्कार गर्ने धम्की !

  • इमान्दार मिडिया संवाददाता ।
नयाँ शक्ति नेपाल पार्टीकी नेतृ हिसिला यमीलाई केही युवाहरुले सामाजिक सञ्जाल फेसबुकमा निकै तल्लोस्तरमा गिरेर अश्लील गाली गरेका छन् । 

सिन्धुली घर भइ हाल मलेसियामा रहेका हिरालाल मगरले सामाजिक सञ्जालमा यमीलाई इंगित गर्दै अश्लिल स्टाटस लेखेका हुन् ।

उनले लेखेका छन् 'बेहोसी झ्याप्प एउटी केटी बलाकार गरेर लौ हजुर बेहोसीमा कान्छीलाई बलात्कार गर्न पुगेछु भन्दै पत्रकार सम्मेलन गरेर आम माफी माग्न पर्यो, हिसिला काण्ड।' उनले यसरी नेतृ यमीलाई इंगित गरी लेखिएको स्टाटसमा हाल दोहा कतारमा रहेका अमृत ओलीले अश्लील कमेन्ट गर्दै हिसिला यमीलाई म बलात्कार गर्नुपर्छ कि भन्दै निकृष्ट शब्दमा गाली गरेका हुन । 

त्यस्तै सोही स्टाटसमा कमेन्ट गर्दै नेपाल गन्जका कृष्ण बहादुर शाहीले बुढीलाई भन्दा बुढीको छोरी जवान छ, त्यसलाई बलात्कार गर्नुपर्छ भनेर झन अश्लीलता थपेकाे स्टाटरमा प्रष्ट रूपमा देखिन्छ ।

अत्यन्तै गैर मानवीय र निकृष्ट शैलीमा यमी आमा छोरीको अस्मितामाथी धावा बोल्नेगरी फेसबुकमा हदैसम्मको अश्लील गालि गरेपछि नयाशक्तीका नेेता कार्यकर्ताहरूले त्यसकाे सर्बत्र बिरोध गरेका छन् । यस प्रकार  निक्कै तल्लो स्तरको स्टाटस र कमेन्टका कारण नयाँ शक्ति समर्थकहरुले निकै आर्कोश ब्यक्त गरेका छन् ।

ओली र शाहीको टाउको काट्नेलाई ५ लाख पुरस्कार घोषणा

त्यस्तै नेतृ हिसिला यमीलाई अश्लील गाली गलौज गर्ने अमृत ओली र कृष्णबहादुर साहीलाइ भौतिक कारबाही गर्ने जो कोहीलाई नयाँ शक्तिले ५ लाख पुरस्कार दिने घोषणा गरेको छ ।

नयाँ शक्ति कतारका संयोजक बिबि खरालले आफ्नो फेसबुकमा स्टाटस लेख्दै अमृत ओली र कृष्णबहादुर शाहीलाई भौतिक कार्बाही गर्नेलाई नगद ५ लाख पुरस्कार दिने घोषणा गरेका हुन् ।

‘नेपाली आन्दोलनकी धरोहर हिसिला दिदि र उनकी सन्तान तथा मित्र जेकेन्द्र श्रेष्ठकी धर्मपत्नी रहेकी मानुषी यमी भट्टराई श्रेष्ठलाई यसरी बलात्कार गर्छु भन्ने यी दुई नालयकलाई भौतिक कार्बाही गरी दुबैजनालाई नयाँ शक्ति कतार वा नयाँ शक्ति नेपाल पार्टीको कुनैपनि पार्टी कार्यलयमा पुर्‍याउनेलाई ५ लाखको पुरस्कार दिने छु।’ संयोजक खरालले भनेका छन् ।


 'मार्न र मर्न तयार ।'

यता सामाजिक सञ्जालमा महिला नेतृ हिसिला यमीलाई इंगित गर्दै अश्लिल स्टाटस लेखेर सामाजिक सदभाद भड्काउने हिरालाल मगरले आफ्नो टाउकाको मूल्य ५ लाख तोकिएको भन्दै नयाँ शक्तिसगँ आफु लड्न तयार रहेको आशयको अर्को स्टाटस लेखेका छन् ।

उनले भनेका छन् 'नयाँ शक्ति नेपालले ५ लाख मूल्य झ्याप्पै टोकेछ😃! कि जँगे जेलमा कि जँगे रेलमा😂? देशको लागि मर्न र मार्न तयार' यसरी एक पछि अर्को साइबर अपराध जन्य स्टाटस लेखेर आफु चर्चामा आउन चाहेको देखिएको छ ।



अाेली र शाहीकाे तिब्र खाेजी

त्यस्तै सामाजिक सञ्जालको दुरुपयोग गर्दै आफ्नो पार्टीकी नेतृ हिसिला यामी भट्टराइ र मानुषी भट्टराइलाई बलात्कार गर्ने धम्कि दिने दुइ जना अमृत ओली र कृष्णबहादुर शाहीको नयाँ शक्ति नेपालले खोजि गरिरहेको बताएको बताएको छ । 

अन्तराष्ट्रिय नेपालि समाज कतारका संयोजक बि.बि खरालले इमान्दार मिडियासंग कुरा गर्दै आफुहरुले यस्ता अपराधीहरुलाई आवस्यक कारबाहीको लागी खोजी कार्य सुरु गरेको बताएका छन् ।

खरालले भने 'हाम्रो पार्टीकी महिला नेतृ यमी आमा छोरीलाई बलात्कार गर्छु भन्ने शाही र ओलीमाथि हामी जुनसुकै हदसम्मको कारबाही गर्न तयार भएका छौ ।'

हिसिला, मानुषीलाई बतात्कार गर्ने जस्ता घृणित अपराधको धम्कि दिने जो जुनसुकै ठाउँमा भएपनि कारबाही गरि छाड्ने भन्दै संयोजक खरालले भेट्ने र चिन्नेले आफुलाई खबर गर्न अनुरोध समेत गरेका छन् ।

यसैगरी सामाजिक संजालमा तुच्छ गालि गरि साइबर अपराध गर्ने जो कोइलाइ पनि छोड्न नहुने र कानुनि कारबाही गर्नु पर्ने खरालको भनाइ छ ।

'छोरी, नारीको अस्मितामाथि ठाडो हमला'

त्यस्तै नयाँ शक्ति नेपालका बिद्यार्थी नेता हेमराज थापाले यस्ता अपराधिक स्टाटस लेखेर नेपाली नारीहरुको अस्मितामाथी धावा बोल्ने अपराधीलाई कारबाही गर्न माग गरेका छन् ।

उनले इमान्दार मिडियासंग कुरा गर्दै भनेका छन् । 'हिसिलालाई एक नेपाली नेताको रुपमा नहेरेर एक आमा, छोरी, वा नारीको हिसाबले हेर्दाखेरी यो आम नेपाली छोरी वा नारीको अस्मितामाथिको ठाडो हमला हो। आम नारिको शिर निहुरिनेगरी खुलम खुल्ला सामाजिक सञ्जालमा नारीको अस्मितामाथि धावा बोल्नेलाइ छोड्नु हुँदैन ।'


, ,

प्रतिकृया दिनुहोस्

Loading...