जंगली हात्तीको आक्रमणबाट सप्तरीमा २ जनाको मृत्यु, ५ घाइते

  • राजविराज, २२ चैत ।

जंगली हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर, कंकालिनी नगरपालिकामा दुईजनाको ज्यान गएकाे छ ।

कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगलीहात्तीको आक्रमणबाट अन्य पाँचजना घाइते भएका स्थानीयहरूले बताएका छन् । अाक्रमणमा परि ज्यान गुमाउनेमा स्थानीय रोशन झा र सञ्जय साफी छन् रहेकाे प्रहरीले जनाकाे छ ।

मंगलबार बिहान १० बजेतिर बजारभित्र प्रवेश गरेको जंगलीहात्तीको आक्रमणबाट संगीत साह, कालीचरण दास, नवीना खातुन, इर्साद अली र बसन्त मण्डल घाइते भएका हुन् ।

घाइतेहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...