भारतीय जासुसलाई मृत्युदण्ड दिने पाकिस्तानको फैसला

  • काठमाडौं, ३१ चैत ।

जाजुसी गरेको आरोपमा भारतीय नागरिकलाई पाकिस्तानले मृत्युदण्ड दिने फैसला गरेकाे छ ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफ्नो नागरिकलाई मृत्युदण्डको सजायबाट बचाउन भारत जुनसुकै हदसम्म जान सक्ने संसदमा बताएको बिबिसीले जनाएको छ । पाकिस्तानकाे याे फैसलासँगै दुई देशबिचको सम्बन्ध झनै चिसिएको छ ।

भारतको यो प्रतिक्रियालाई लिएर पाकिस्तानका अधिकारीले भने भारतले कुनै कदम चाले आफूहरु पनि चुप लागेर नबस्ने, पाकिस्तानले त्यसको जवाफ दिने बताएका छन् । तर पाकिस्तानी नागरिकमा भने यो विषयलाई लिएर चिन्ता बढेको छ । 

भारतले सैन्य कारबाही गर्ने वा कुटनीतिक रुपमा कुनै कडा कारबाही गर्ने हो भन्ने बारेमा पाकिस्तानी नागरिकमा भय छाएको हो । पाकिस्तानका रक्षामन्त्रीका अनुसार मृत्युदण्ड पाएका कुलभूषणले अब सैन्य कानुनअन्तर्गत रहेर ४० दिनभित्र यो निर्यणविरुद्ध अपिल गर्न सक्नेछन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...