एमाले कार्यालयमा तालाबन्दी, अाचार्यलाई मेयरको उम्मेदवारी दिने निर्णयको बिरोधमा उत्रिए नेता कार्यकर्ता

  • सिन्धुपाल्चोक १७ बैशाख ।
नेकपा एमालेको पार्टी कार्यालयमा अाफ्नै कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् ।

शनिबार स्थायी कमिटीले मेलम्ची नगरपालिकाको मेयर छनोटबारे गरेको निर्णयप्रति असन्तुष्ट पक्षले मेलम्चीस्थित क्षेत्रिय कार्यालयमा तालाबन्दी गरेको हो । स्थायी कमिटीले मेलम्ची नगरपालिकाकोे प्रमुखमा डम्बर अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

मेलम्ची नगरपालिका मेयरको लागि जिल्लाबाट धर्मकृष्ण श्रेष्ठ, डम्बर अर्याल, मित्रलाल चौलागाइँ, बालकृष्ण देउजालाई केन्द्रमा सिफारिस गरिएको थियो ।

जिल्ला पार्टी र कार्यकर्ताको भावना विपरित पार्टी केन्द्रले निर्णय गरेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् । धर्मकृष्ण श्रेष्ठलाई उम्मेदवारी दिने जिल्ला पार्टी सहमत भएको बताइएको छ ।

करिब २ सयको संख्यामा अाएका नेता-कार्यकर्ताले केन्द्रीय नेताहरुविरुद्ध नाराबाजी गर्दै शनिबार लगाएको ताला अझै खुलेको छैन ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...