दोलखामा सशस्त्र प्रहरीको जीप दुर्घटना, डिएसपीसहित ३ को अवस्था गम्भीर

  • दोलखा,२८ चैत ।
जिल्लाको शान्ति सुरक्षा समिति बैठकमा सहभागी हुन लामाबगरबाट सदरमुकाम चरिकोट आउदै गरेका सशस्त्र प्रहरीका डिएसपी सवार गाडी गम्भीर दुर्घटनामा परेको छ । 

दुर्घटनामा परी सशस्त्र प्रहरी तामाकोशी आयोजना सुरक्षा बेसका प्रमुख डिएसपी शम्भुजंग थापा, बडिगार्ड शिव कुसवार माझी तथा चालक मोहनबहादुर घिमिरे गम्भीर घाइते भएका छन्।

दुर्घटनामा परी सशस्त्र प्रहरी तामाकोशी आयोजना सुरक्षा बेसका प्रमुख डिएसपी शम्भुजंग थापा, बडिगार्ड शिव कुसवार माझी तथा चालक मोहनबहादुर घिमिरे गम्भीर घाइते भएका छन्।

उनीहरुलाई उपचारका लागि माथिल्लो तामाकोशी आयोजनाले हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी गरेको छ। थापा दोलखाको लामाबगरस्थित सशस्त्र प्रहरी बल माथिल्लो तामाकोशी आयोजना सुरक्षा बेसका प्रमुख हुन्।

उनी सवार बा ९ च ९३६० नम्बरको हाईलक्स जीप दोलखा–सिंगटी सडकखण्डको कालिञ्चोक गाउँपालिका-७, सुनखानीस्थित झमार्सीमा सडकको मोडबाट करिब २५० मिटर तल खसेको हो। 

जिल्ला प्रशासन कार्यालयका दोलखाका अनुसार उनी शान्ति सुरक्षा समितिको बैठकमा सहभागी हुन चरिकोट आउँदै थिए।

तस्बिर समाचार श्रोत नागरिक दैनिक

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...