बिद्यालयमा निर्वाचन बुथ राख्न नदिन क्रान्तिकारीको ध्यानाकर्षण, कर्मचारीलाई चुनावी काममा नखट्न आग्रह


  • काठमाडौँ ४ वैशाख ।
नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले विद्यालयमा स्थानीय निर्वाचनको बुथ राख्न नदिन आग्रह गरेको छ । क्रान्तिकारीको सिटीइभिटी क्षेत्रीय समन्वय समितिले आज एक ध्यानाकर्षण पत्र बुझाउदै यस्तो आग्रह गरेको हो ।

निर्वाचानको बेला सरकार आफैले शान्ति क्षेत्र घोषणा गरेको स्कुल कलेज दन्द र मुडभेटको चपेटामा पर्ने खतरा रहेकोले स्कुल कलेजमा बुथ राख्न स्वीकृति नदिन र यो प्रक्रियामा सहभागी नहुन नगराउन क्रान्तिकारीले आग्रह गरेको छ ।

त्यस्तै क्रान्तिकारीले ध्यानाकर्षणपत्र मार्फत  ७ बुदे माग  राखेको छ । गत बैशाख ३० गतेको ८ मागपत्र जेस्ठ २७ को ६ बुंदे ज्ञापनपत्रको अध्ययन गरी विद्यार्थीका माग सम्बोधन गर्ने वातावारण निर्माण गरी सहज सहकार्यको बाताबरण बनाउन माग गरेको छ ।

क्रान्तिकारीले अनिवार्य र निशर्त मौका परीक्षाको ब्यबस्था, छात्रवृत्ति नियमावली र भर्ना निर्देशिका बैज्ञानिक ढंगले परिमार्जन सहित ३०% छात्रवृत्तिको ब्यबस्था गर्ने र लागु नभए सम्बन्धन दिन र मनोमानी शुल्क वृद्धि रोक्न माग गरेको छ 

लक्षित जेहेन्दार छात्रवृत्ति पारदर्शी र निष्पक्ष बनाउदै आवेदन शुल्कको मनोमानी रोक्नुपर्ने, आवेदन निशुल्क गरिनुपर्ने माग राखेको छ ।

त्यस्तै सबै संकायको बैज्ञानिक तरिकाले शुल्क निर्धारण तथा समायोजन गर्नुपर्ने, अनुगमन सर्बपक्षीय बनाइ प्रतिवेदन सबैले अध्यन गर्न पाउनुपर्ने ब्यबस्था मिलाई अहिलेको नामकाजी अनुगमनलाई कामकाजी बनाउन माग गरेको छ ।

संगठनकी केन्द्रीय सचिवालय सदस्य तथा सिटिइभिटी संयोजक सुनिता बमले हस्ताक्षर गरेको उक्त ध्यानाकर्षणपत्रमा सरोकारवालासँग छलफल नगरी सम्बन्धनको प्रक्रियामा रहेका कलेजहरुको सम्बन्धन दिने प्रक्रिया रोक्न समेत माग गरिएको छ ।

ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रममा सिटिइभिटीबाट उपाध्यक्ष डा. कुल बहादुर बस्नेत, निमित्त सदस्य सचिव रमेश बखती लगयाताको उपस्थिति रहेको क्रान्तिकारीले जनाएको छ ।

क्रान्तिकारीका माग सम्बोधन गर्ने बारेमा डा. कुल बहादुर बस्नेत र निमित्त सदस्य सचिब रमेश बखतीले एक हप्तामै प्रक्रिया थाल्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
क्रान्तिकारीका तर्फबाट संयोजक सुनिता बमको नेतृत्वमा ७ सदस्यीय टोली सहभागी भएर ध्यानाकर्षणपत्र बुझाएको हो।


, ,

प्रतिकृया दिनुहोस्

Loading...