प्रचण्डले आज काँग्रेस, एमाले र मोर्चाका प्रमुख नेताहरुसँग बार्ता गर्दै
- काठमाडौं, २० चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी अाेलीसँग छलफल गर्दैछन् ।
मधेसी मोर्चाका नेतासँग छलफल गर्नुअघि उनले आइतबार सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न लागेका हुन् ।
छलफलको समय तय नभएपनि प्रधानमन्त्री दाहालले मोर्चाका नेतासँगको बार्ता अघि ठुला २ दलका शीर्ष नेतासँग बैठक गर्न गाेकाे प्रधानमन्त्री कार्यालयले जनाएकाे छ ।
प्रचण्डले अाजै मोर्चाका नेताहरुसँग सिमांकनको विषय संघीय आयोगबाट केन्द्रको चुनावअघि नै टुंग्याउनेगरी बाँकी विषयमा संविधान संशोधन गर्ने र मोर्चाले स्थानीय चुनावमा भाग लिने विषयमा छलफल गर्ने बालुवाटार श्रोतले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...