राष्ट्रिय स्वाधिनताको नाममा प्रचण्डले रातारात कालो धन भित्रयाउँदै : प्रकाण्ड



धनगढी, ७ वैशाख । 

नेपाल कम्युष्टि पार्टीका स्थायी समिति सदस्य प्रकाण्डले स्थानीय तहको निर्वाचनलाई बहिस्कार मात्र नभएर ध्वस्त पार्ने बताएका छन् ।

पार्टीका प्रवक्त समेत रहेका प्रकण्डले विहीबार धनगढीमा आयोजना गरेको जनजागरण सभालाई सम्बोधन गर्दै दलालत सत्ता र दलाल कम्युनिष्टहरु मिलेर देशलाई विखण्डनतिर धकेलिरहेको बताए । उनले कम्युनिष्ट विचारबाट बिचलित भए कुहिए बस्तुभन्दा बढी गनाउने तर्क गर्दै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई सारै गनाएको बताए ।

नेलाली जनताको मुक्तिको लागि १० वर्ष जनयुद्धको क्रममा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताको रगतले होली खेलेको अारोप लगाए । उनले वैज्ञानिक समाजवादले मात्र जनताको मुक्ति र अधिकार दिने भन्‍दै त्यसको लागि एकपटक जनताको निर्णयक मतको आवश्यक रहेको बताए ।

‘प्रचण्ड सरकारका दलालहरु नेपाल राष्ट्रिय स्वाधिनताको नाममा रातारात कालो धन भित्रयाउँदै जाने जनता भने दिनप्रति दिन नाजुक अवस्थामा कैद हुँदै गइरहेका छन्’ प्रवक्ता प्रकाण्डले भने । उनले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्दै भने, यही हो गणतन्त्र ? यही हो लोकतन्त्र ?’ उनले अाफ्नो पार्टीले अायोजना गरेका कार्यक्रममाथिको हस्तक्षेप नरोके बाध्य भएर प्रतिरोध गरिने बताए ।
कोशी व्यारेज र अपरकर्णाली सम्झौता गर्ने काँग्रेस एमालेका दलाललाई जनताबाट नङ्गयाउनु पर्ने भन्दै कार्यक्रमका प्रमुख बक्ता प्रकाण्डले दलालको हातमा कैद भएको सत्ता र व्यवस्था नेपाली जनताले हडप्नु पर्ने बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...