यो हो प्रत्येक हप्ता १ जनाको ज्यान लिने खतरनाक रुख !


सरबेरा ओडोलम नामको यो विरुवा हेर्दा खुब सुन्दर र आकर्षक देखिन्छ । तर यो कति खतरनाक छ भन्ने तपाईलाई थाह नहुन सक्छ । भारत सहित दक्षिण-पूर्व एशियाका केही देशमा पाइने यो वनस्पतिले कुनै पनि बेला ज्यान लिन सक्छ ।

भनिन्छ की यो रुखले हरेक हप्ता कम्तिमा एक जानको ज्यान लिने गरेको छ । अनुसन्धानकर्ताहरुको अनुसार विश्वमा विषाक्त वनस्पति मध्ये सरबेरा नामको वनस्पति धेरै विषाक्त हुन्छ ।

सरबेरा ओडोलमको विउमा सरबेरीन नामको तत्व पाइन्छ । जुन विषाक्त हुन्छ । यसको थोरै मात्रा पनि शरिर भित्र छिर्यो भने केही मिनेटमै टाउको दुख्ने, वान्ता हुने, धड्कन बढ्ने, डाइरिया हुने लगायतका समस्या देखा पर्ने गर्छन ।

यसले एन्जाइम्स र और हृदयको कार्यप्रणालीलाई प्रभावित गर्छ । केही घण्टाकोबीचमा मानिसको मृत्यु हुन्छ । सरबेरा ओडोलमका बारेमा भनिन्छकी यसका कारणले मानिसको ज्यान गएमा के कारणले गयो भन्ने थाहा पाउन समेत मुस्किल हुन्छ । केही मानिसहरु यसलाई गल्तीले खाने गर्छन् । एजेन्सी

,

प्रतिकृया दिनुहोस्

Loading...