फिल्मी शैलीमा राजधानीबाटै दिनदहाडै लुटियो ५० तोला सुन
राजधानीमा दिनदहाडै फिल्मी शैलीमा ५० तोला सुन लुटिएको छ ।
काठमाडौँ महानगरपालिका–१९ मरुहिटीस्थित प्रेम रत्न शाक्यको ५ तले घरको पहिलो तलामा भएको सुनका गर–गहना बनाउने कारखानाबाट २८ लाख मुल्य बराबरको ५० तोला सुन लुटिएको हो ।
भारत घर भएका शिव माइतीले संचालन गरेको कारखानामा शुक्रबार अबेर आएका आधा दर्जन अपरिचित व्यक्तिहरुले हामी ‘प्रहरी हौं’ भन्दै हत्कडी र पेस्तोल देखाएर गहना बनाउन राखेको ३ ढिक्का सुन र बन्दै गरेको सुनका गर–गहना लुटपाट गरेको पीडितले जनाएका छन् ।
घटना शुक्रबार अबेरको भए पनि पीडितले आजमात्र प्रहरीलाई जानकारी गराएका थिए । लुटेराहरुको खोजी कार्य भइरहेको महानगरीय प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
Loading...