टर्की : न्याय मन्त्रालयका सहित चार हजार सरकारी कर्मचारी बर्खास्त

  • काठमाडौं, १७ वैशाख ।

टर्की सरकारले झण्डै चार हजार सरकारी अधिकारीलाई बर्खास्त गरेको छ । 

गएको वर्षको जुलाईमा भएको असफल सैन्य कुको प्रयासपछि पछिल्लो पटक झण्डै चार हजार सरकारी कर्मचारीलाई टर्कीले बर्खास्त गरेको बिबिसीले जनाएको छ । 

ती सबैलाई गएको जुलाईमा भएको असफल सैन्य कुको प्रयासमा साथ दिएको आरोप छ । बर्खास्तमा पर्नेमा न्याय मन्त्रालय अन्तर्गत कार्यरत एक हजार तथा एक हजार सैनिक अधिकारी रहेका छन् । 

यस्तै लडाकु विमानका एक सय भन्दा धेरै पाइलट पनि बर्खास्त भएका छन् । टर्की सरकारले टिभी डेटिङ शोमाथि पनि प्रतिबन्ध लगाएको छ । यसैगरी अनलाई इनसाइक्लोपेडिया विकिपेडीयामाथि पनि टर्कीमा प्रतिबन्ध लागेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...