गुप्तचर एजेन्सीको रिपोर्ट : नरेन्द्र मोदी र योगी आदित्यनाथ आतंकवादीको निशानामा
- नयाँ दिल्ली, ७ वैशाख ।
करिब एक दर्जनको संख्यामा आतंकवादीहरु उत्तर प्रदेश प्रवेश गरिसकेको सूचना प्राप्त भएको पनि गुप्तचरहरुको भनाइ छ ।
गुप्तचर विभागसहितका निकायले पाएको जानकारी लखनउ प्रहरी मुख्यालयमा पठाइसकिएको पनि भारतीय संचारमाध्यमहरुले गुप्तचर स्रोतलाई उद्धृत गर्दै जनाएका छन् ।
लन्डनमा रहेका केही कश्मिरी आतंकवादीले यस्तो षड्यन्त्र रचेको बताइएको छ । उनीहरुले कश्मिरकै युवालाई उत्तर प्रदेशमा परिचालन गरेको पनि भारतीय संचारमाध्यमले गुप्तचर निकायलाई उद्धृत गर्दै जनाएका छन् ।
उल्लेखनीय छ, मोदीले २१ जुनमा लखनउमा आयोजना हुने योग सम्बन्धी एक कार्यक्रममा सहभागिता जनाउने सम्भावना छ ।
सोही समय उत्तर प्रदेशमा पठाइएका आतंकवादीलाई हमलाको निर्देशन भएको हुन सक्ने सुरक्षा स्रोतको ठहर छ । (एजेन्सी)
प्रतिकृया दिनुहोस्
Loading...