शङकास्पद अवस्थामा युवकको शव भेटियो

  • कञ्चनपुर, १२ वैशाख । 

कञ्चनपुरको कृष्णपुर नगरपालिकाको जयनारायण पेट्रोल पम्प नजिक खेतमा आज अन्दाजी ३३ वर्षीय युवकको शव फेला परेको छ । 

ट्र्याक्टर चालकका रुपमा कार्यरत बेलौरी नगरपालिका सडक घाट घर भएका सन्तुराम चौधरीको शव खेतमा प्रहरीले फेला पारेको हो । 

शव खेतमा शङ्कास्पद अवस्थामा फेला परेकाले अनुसन्धानको कार्य भइरहेको इलाका प्रहरी कार्यालय कृष्णपुरले जनाएको छ । चौधरीको मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

,

प्रतिकृया दिनुहोस्

Loading...