पुरुषहरुले पनि स्कर्ट लगाउन सुरु गरेपछि इन्टरनेटमा बने भाइरल


एजेन्सी ।

जब उनीहरुको कम्पनीले काम गर्ने समयमा सर्टस् लगाउन बन्देज ग¥यो तब १३ जना स्वेडिस रेलका कन्डक्टरहरुले गर्मी मौसममा स्कर्ट लगाउने निर्णय गरे । 
महिलाका लुगा लगाइएका उनीहरुका तस्बिरले इन्टरनेटमा तहल्का मच्चाएको छ ।

‘पक्कै पनि हामी प्लाटफर्ममा हुँदा मानिसहरुले घुर्ने गर्दछन् तर यी कुराहरुको हामी वास्ता नै गर्दैनौँ,’ मार्टिन एकेस्टन, १३ जना मध्येका एक कन्डक्टले स्विडेनको पत्रिका ‘मित्ति’ लाई जानकारी दिए । गर्मी मौसममा रेलको क्याबिनमा निकै गर्मी हुन्छ, तापक्रम ३५ देखि ४० डिग्री सेल्सियससम्म पुग्छ तर, अराइभा कम्पनीको युनिफर्म रेगुलेसन स्टेटले स्कर्ट अथवा लामो ट्राउजरलाई निर्धारण ग¥यो ।

दुइवटामा एउटा छान्ने क्रममा कोही पुरुष कर्मचारीहरुले स्कर्टलाई रोजे । एकेस्टन र उनका केहि सहकर्मीले करिब दुई हप्ता अगाडि यो विषयमा म्यानेजरको सहमति पाए र त्यतिबेलादेखि उनीहरुले स्कर्ट लगाएर नै काम गरिरहेका छन् जसमध्ये कसैले भने आफ्नो पहिलाको युनिफर्म नै रोजे । अराइभा, स्टकहोल्मको रोस्लाङ्सबानान ट्रेन सर्भिस चलाउने उक्त कम्पनीले आफ्ना कर्मचारीहरुको इच्छालाई स्विकार गर्दै सर्टस्भन्दा स्कर्टले उनीहरुको व्यक्तित्वमा निकै निखार ल्याएको बताए ।

‘हाम्रो सोचाइ भनेको जो कोहि मानिसले अराइभालाई प्रतिनिधित्व गरिरहेका छन् उनीहरु भद्र र व्यवस्थित देखिनु जरुरी छ र अहिलेको युनिफर्मले यो काम गरिरहेको छ । यदि कोहि पुरुषले स्कर्ट मात्र पहिरिन चाहन्छ भने त्यो ठिक छ । उनीहरुलाई अरु कुनै काम गर भन्नु उनीहरुलाई पक्षपात गर्नु हो ।’

प्रतिकृया दिनुहोस्

Loading...