विवाह हलको पर्खाल भत्किँदा भरतपुरमा २४ जनाको मृत्यु

  • भारत । 
भारतको राजस्थानमा विवाह हलको पर्खाल भत्किँदा २४ जनाको मृत्यु भएको छ । 

राजस्थानको भरतपुर जिल्लामा तीव्र गतिमा चलेको हुरीका कारण बुधबार बेलुका विवाह समारोह भइरहेको हलको पर्खाल भत्किँदा २४ जनाको मृत्यु भएको हो ।

९० फिट लामो तथा १२ फिट अग्लो पर्खाल भत्किँदा ज्यान जानेमा सात महिला र चार बालबालिका छन् । घटनामा २८ जना घाइते भएका भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

२०७४ बैसाख २७ मा प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...