भारत महाराष्ट्रका मुख्यमन्त्री देबेन्द्र चडेको हेलीकप्टर दुर्घटना

  • काठमाडौं ।

भारतमा बिहिबार दिउसो भएको हेलीकप्टर दुर्घटनामा महाराष्ट्रका मुख्यमन्त्री देबेन्द्र फडणविस लगायत सबै जना बाँच्न सफल भएका छन्। 

मुख्यमन्त्री फडणविस चडेको हेलिकप्टर महाराष्ट्रको लतुर भन्ने स्थानमा आपतकालीन अवतरण गर्न खोज्दा बिजुलीको तारमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। उक्त हेलीकप्टरमा ४ जना यात्रु र दुई जना चालक दलका सदस्यहरु थिए।

दुर्घटना भएलगतै मुख्यमन्त्री देबेन्द्रले आफु चडेको हेलीकप्टर दुर्घटनामा परेको र सबै जना सकुसल रहेको ट्वीटर मार्फत जानकारी गराएका थिए। उनले ट्वीट गर्दै भनेका थिए ‘भगवान र ११ करोड महाराष्ट्रका जनताको कृपाले हामि सुरक्षित छौ।’

लतुरबाट उड्ने बित्तिकै हेलिकप्टरमा प्राबिधिक गडबढि देखिएको र तत्काल आमपतकालीन अवतरण गर्न खोज्दा बिजुलीको तारमा अल्झीन गई दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धान प्रतिबेदनका जनाइएको छ। घटनाको बिस्तृत अनुसन्धान भइरहेको भारतिय नागरिक उड्यन निकायले संचार माध्यमलाइ जानकारी गराएको छ। 

मुख्यमन्त्री महाराष्ट्रमा संचालित आवास, खानेपानी र किसान सहायता सम्बन्धि आयोजनाहरुको निरिक्षण गर्न गएको कुरा अधिकारीहरुले बताएका छन्।

,

प्रतिकृया दिनुहोस्

Loading...