भरतपुर ‘काण्ड’बारे ओलीले गरे ठूलो खुलासा

  • काठमाडौं । 

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले भरतपुर महानगरपालिकामा योजनाबद्ध तरिकाले मतपत्र च्यातिएको खुलासा गरेका छन् ।

नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको काठमाडौंबाट स्थानीय तहमा विजयी उम्मेदवारहरुको विजयी सभालाई मंगलबार भृकुटीमण्डपमा सम्वोद्धन गर्दै उनले सो खुलासा गरेका हुन्।

अध्यक्ष ओलीले भने, “आफूले हार्ने भएपछि योजनाबद्ध रुपमा वाइसिएल लगाएर मतपत्र च्यातिएको हो, त्यहाँ फेरि निर्वाचन गराउन सम्भव छैन ।”

मुस्लिम धर्मावलम्बीको इदउल–फित्र पर्वका अवसरमा आगामी असार ९ गते हुने भनिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन एमालेलाई मान्य नहुने उल्लेख गर्दै उनले “विशेष पर्व, बर्खाको समय, मतदाता कसरी मतदानस्थलसम्म जाने ? पानीमा मतपत्रको सुरक्षा कसरी गर्ने ? भनी प्रश्न गरे । ”

अध्यक्ष ओलीले एमालेलाई सरकारको हतारो नभएको र तीन वटै निकायको निर्वाचन सम्पन्न भएपछि मात्र यसवारे सोच्न सक्ने बताउँदै सरकारले प्रदान गर्ने तक्मा र विभूषणलाई पनि अपमान गर्ने कार्य गरेको आरोप लगाए ।

नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाएर अवकाश लिनुपर्ने अवस्थाको सिर्जना गर्नु ज्यादै दुःखद कुरा हो, उनले भने ।

अध्यक्ष ओलीले काठमाडौँ महानगरपालिकामा राम्रो काम गर्ने समूह आएको र यसले पाँच वर्षसम्म भ्रष्टाचारको छिटासमेत नलाग्ने गरी सिङ्गो महानगरको विकास र समृद्धिका लागि काम गर्नुपर्नेमा जोड दिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...