बाजुराको कोल्टीमा नेपाली सेनाको विमान दुर्घटना, पाइलटको मृत्यु

  • बाजुरा। 
नेपाली सेनाको कार्गो विमान आज मध्याह्न बाजुराको कोल्टी विमानस्थल छेउमै दुर्घटना हुँदा पाइलट कैलाश गुरुङको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

गम्भीर घाइते पाइलट गुरुङको उपचारका क्रममा कोल्टी अस्पतालमा मृत्यु भएको विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक लोकसिंह भाटले जानकारी दिए ।

एन ए ०४८ कल साइन भएको विमान कोल्टी विमानस्थलमा आकस्मिक अवतरण गर्ने क्रममा धावनमार्ग नजिकैको धान खेतमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र अनिता आले गम्भीर घाइते भएका छन् । गम्भीर घाइते खड्का र आलेलाई उपचारका लागि सीता एयरको जहाजबाट अहिले नेपालगन्ज लगिएको छ । घाइतेसँगै पाइलट गुरुङको शवसमेत नेपालगन्ज लगिएको छ ।

सुर्खेतबाट खाद्यान्न लिई हुम्ला, सिमीकोटका लागि उडेको जहाज खराब मौसमका कारण कोल्टीमा डाइभर्ट भएको थियो । तर, कोल्टी विमानस्थलमा अवतरण गर्न खोज्दा दुर्घटनामा परेको हो ।

,

प्रतिकृया दिनुहोस्

Loading...