जनसत्ता लागु गर्न अाह्वान गर्दै उपमहानग र नगरपालीकामा कम्युनिष्ट पार्टीले राख्याे यस्ताे ब्यानर

  • सुनसरी ।
नेपाल कम्युनिष्ट पार्टीले पुर्वका १ उपमहानगरपालीका र ३ वटा नगरपालीकामा एका बिहानै स्थानिय जनसत्ताको ब्यानर टागेको छ ।

कम्युनिष्ट पार्टीले आज बिहानै ईटहरी उपमहानगरपालीका, ईनरुवा नगरपालीका , रामधुनि नगरपालीका र दुहवी नगरपालीकामा स्थानीय जनसत्ताको ब्यानर टासेको हो । जनपरिषदको नाममा टागिएको उक्त ब्यानरमा जनसत्ता लागु गर्न अाह्वान गरिएको छ ।

बिद्यमान संसदिय ब्यावस्थाले स्थानीय निर्वाचनको नाममा जनतामाथि पुरानै ब्यावस्था लाद्ने प्रयास गरेकाले सांकेतिक रुपमा त्यसको बिरोध गर्दै ब्यानर टागेको जनपरिषद सुनसरीका अध्यक्ष टिका राईले जानकारी दिनुभयो ।

स्थानिय तहको निर्वानन पछि जनतामाथि पुरानै ब्यावस्थाले शासन गर्न खोजीए कम्युनिष्ट पार्टीले सन्चालन गरेको छुट्टै जनसत्ता कार्यान्वयनमा ल्याउने सो पार्टीले जनाएको छ ।

सो पार्टीले ईटहरी उपमहानगर सहित तीन वटै नगरपालीकामा जनसत्ताको कार्यलय समेत घोषणा गरेको छ ।

२०७४ बैसाख २७ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...