यस्तो छ भरतपुरको पछिल्लो अपडेट

  • काठमाडौं ।

निर्वाचन आयोगले भरतपुर महानगरको मतपत्र च्यातिएको घटनाबारे छानविन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। 

तीन सदस्यहरुमा सहन्यायाधिवक्ता गीताप्रसाद तिमिल्सना, गृहका एक सहसचिव र एक डिआइजी रहेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार समितिको कार्य आजैबाट सुरु हुनेछ र यसले अध्ययन गरेर प्रतिवेदन बुझाएपछि आयोगले निर्णय लिनेछ। 

प्रतिवेदन १७ गतेसम्म आउने र त्यसबेलासम्म मतगणना स्थगित नै रहने पनि प्रवक्ता शर्माले जानकारी दिए। भरतपुर १९ को मतगणना भईरहँदा आइतबार राती केही मतपत्र च्यातिएपछि स्थगित भएको मतगणनाका विषयमा निर्णय गर्न सोमबार बसेको बसेको आयोग पदाधिकारी बैठकले स्थानीय तह निर्वाचन ऐन ०७३ को दफा ५० को उपदफा ३ बमोजिम छानविन समिति गठन गरेको हो। 

यसअघि नेपाली कांग्रेस र माओवादी केन्द्रले विज्ञप्ति जारी गर्दै भरतपुर १९ मा पुनः मतदान गर्नुपर्ने माग गरेका थिए। एमालेले च्यातिएका मतपत्रलाई छोडेर बाँकी मतपत्र गन्नुपर्ने बताएको थियो। भरतपुरका २९ मध्ये वडानम्बर १९ र २० को मतगणना हुन बाँकी थियो।

२०७४ जेठ १६ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...