एक्कासी रोकियो भरतपुरको मतगणना, यस्तो छ देबी र रेणुबीचको मतान्तर ?

  • काठमाडौं ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि मत गणना रोकिएको छ ।

मत गन्नलाई सिल खोल्ने क्रममा मतपेटिकामा भएको नम्बर र मुचुल्का उठाउदा टिपिएको सिलनम्बर फरक फरक भेटिएको छ ।

फरक नम्बर पाइएपछि सर्वदलीय बैठक बसिरहेको छ । पछिल्लेा गणना अनुसार एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीले कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार रेणु दाहाललाई पछि पार्दै आफ्नो अग्रता कायम राखेपनि मतान्तर निकै घटेको छ ।

अहिलेसम्म देवी ज्ञवालीले ४० हजार ९ सय ८० र माओवादी केन्द्रकी मेयर पदकी उम्मेद्वार रेणु दाहालले ४० हजार १ सय ९६ मत ल्याएका छन् । रेणुभन्दा ज्ञवाली ७ सय ८४ मतले मात्र अघि छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...