गस्तीमा रहेको नेपाल सेनामाथि राजपुरमा गोली प्रहार,एक जना घाईते

  • दाङ । 
दाङमा गस्तीमा रहेको नेपाली सेनामाथि गाली पप्रहार भएको छ । गोली प्रहारबाट सेनाका १ जवान घाइते भएका छान ।

निर्वाचनको सुरक्षाका लागि हतियारसहित गस्तीमा गएको टोलीमा दाङको राजपुरमा गोली लागेर एक घाइते भएको रिपुमर्दन गण घोराही दाङले जनाएको छ ।

गोली लागेर नेपाली सेनाका किशन थापा घाइते भएका छन्  । रिपुमर्दन गणका गणपति राजन खडकाले घाइतेको राप्ती उपक्षेत्रीयमा अस्पताल घोराहीमा उपचार भइरहेको जानकारी दिए। उनले घटनाको बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

Loading...