महानगरको पहिलो विजेता बन्यो काँग्रेस, ललितपुरको मेयर र उपमेयर कब्जा

  • ललितपुर ।

ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन विजयी भएका छन् । 

गएराति प्रकाशित निर्वाचन अधिकृतको अन्तिम नतिजा अनुसार महर्जनले ३२६ मतको अन्तरले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई हराउँदै ललितपुर महानगरको पहिलो विजेता बन्न सफल भएका हुन् ।

चिरिबाबुले २४ हजार ६ सय ४२ मत ल्याए भने हरिकृष्णले २४ हजार ३ सय १६ भोट। साझा पार्टीका उम्मेदवार रमेश महर्जनले १३ हजार ४५८ मत पाए। 

यसैगरी उपमेयरमा पनि नेपाली कांग्रेसकै गीता सत्याल निर्वाचित भइन्। उपमेयरमा राप्रपा र नेकपा एमालेका संयुक्त उम्मेदवार बाबुकाजी शाक्य साझा पार्टीका उम्मेदवार शोभा शाक्यले भन्दा कम मत ल्याए । 

बाबुकाजीले १० हजार ५ सय ४० ल्याए भने उपमेयरकी विजेता गीताले १९ हजार ८१९ मत पाइन्। साझा पार्टीकी रहेकी शोभा शाक्यले १४ हजार २४० मत ल्याइन्। 

२०७४ जेठ १० मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...