यस्तो छ काठमाडौं, पोखरा र भरतपुरको पछिल्लो अवस्था (हेर्नुहोस् नतिजासहित)
- काठमाडौं ।
स्थानीय तह निर्वाचन २०७४ को पहिलो चरण अन्तर्गत ४ महानगरपालिका मध्ये तीनको नतिजा अझै आइसकेको छैन।
ललितपुर महानगरमा कांग्रेसले जित हात पारिसकेको छ भने बाँकी तीनै ठाउँमा एमालेले अग्रता कायमै राखेको छ। अहिले बिहानसम्मको नतिजा अनुसार काठमाडौंमा एमालेको अग्रता १४ हजार नाघेको छ।
हेर्नुहोस् कहाँको अवस्था के छ?
काठमाडौं मेयर
एमाले (विद्यासुन्दर शाक्य) – ४८०७२
कांग्रेस (राजुराज जोशी) - ३३४६८
विवेकशील (रञ्जु दर्शना) - १७२६४
साझा (किशोर थापा) – १३२००
माओवादी केन्द्र (सर्वोत्तम डंगोल) – ५२८४
उपमेयर
कांग्रेस (हरिप्रभा खड्गी श्रेष्ठ) - ४३५०६
राप्रपा (राजाराम श्रेष्ठ) - २५८८९
साझा (निरुपमा यादव) – ८५०९
माओवादी केन्द्र (सुशीला पौडेल) – ७१४२
पोखरा लेखनाथ महानगर
मेयर
एमाले (मानबहादुर जिसी) ४६७९४
कांग्रेस (रामजी कुबँर) ३६११७
उपमेयर
एमाले (मन्जु गुरुङ) ४३८६५
कांग्रेस (सरस्वती गुरुङ) ३४०२३
भरतपुर महानगरपालिकामा
भरतपुरको १५ वडाको मतगणना सकिएको छ । अब २४ वडाको मत गणना हुनेछ।
मेयर
एमाले (देवी ज्ञवाली) – ३०६८२
माओवादी–कांग्रेस गठबन्धन (रेणु दाहाल) – २८९३३
राप्रपा (बद्री तिमल्सिना) – ३७६३
उपमेयर
कांग्रेस (पार्वती शाह) – ३२१५९
एमाले, (दिब्या शर्मा) – २७८२९
२०७४ जेठ ११ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...