सुशिला कार्की माथिको महाभियोग प्रस्ताव फिर्ता लिन कांग्रेस-माओवादी सहमत, एमाले मख्ख !

  • काठमाडौं ।

सरकारले प्रधानन्याधीश सुशीला कार्कीमाथि लगाएको महाभियोग प्रस्ताव फिर्ता काँग्रेस माओवादी सहमत भएपछि नेकपा एमालेले गर्दै आएको संसदीय अवरोध पनि हट्ने भएको छ। 

प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच शनिबार बिहान भएको छलफलपछि सरकारले महाभियोग प्रस्ताव फिर्ता गर्न तयार भएको हो।

त्यस्तै प्रमुख बिपक्षी एमालेको माग अनुसार निर्वाचनमा भएका अनियमितताको विषयमा छानबिन गर्न संसदीय समिति गठनका लागिसमेत सरकार तयार भएको छ। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महाभियोग प्रस्ताव फिर्ता लिनुपर्ने लगायतका मागहरू राखेर जेठ ८ गतेखि संसद अवरोध गर्दै आएको छ। प्रधानन्यायाधीश कार्कीमाथिको महाअभियोग प्रस्ताव रोक्न माग गर्दै दायर रिटमाथि शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश चोलेन्द्र शमसेर राणाले यस्तो अन्तरिम आदेश दिएका हुन्।

वैशाख १७ गते प्रधानन्यायाधीशविरुद्ध सत्तारूढ दल कांग्रेस र माओवादीका २४९ जना सांसदको हस्ताक्षर गर्दै महाभियोग प्रस्ताव दर्ता गराएका थिए। कार्की भने सर्वोच्चको आदेशपछि काममा फर्किएकी छन्।

२०७४ जेठ १३ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...