एमालेको कडा चेतावनीपछि अन्ततः फिर्ता भयो महाभियोग प्रस्ताव

  • काठमाडौँ ।
नेकपा एमालेले बजेट अवरुद्ध पार्ने चेतावनी दिएपछि प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगको प्रस्ताव फिर्ता भएको छ ।

उक्त प्रस्तावका प्रस्तावक सांसद मीनबहादुर विश्वकर्मा र समर्थक टेकबहादुर बस्नेतले सभामुख ओनसरी घर्तीलाई त्यससम्बन्धी लिखित जानकारी दिँदै प्रस्ताव फिर्ता लिएका हुन् ।

‘संविधान कार्यान्वयनको यो संवेदनशील घडीमा संविधानबमोजिम स्थापित राज्यका अङ्गहरुले संविधानको उद्देश्यअनुरुप काम गर्नुपर्ने बृहत्तर आवश्यकतालाई ध्यानमा राख्दै संवैधानिक अङ्गहरुका बीचमा सौहार्दता, सकारात्मक सहयोग र समझदारीको अपेक्षा गर्दै’ प्रस्ताव फिर्ता लिइएको सांसदद्वयले सभामुखलाई दिएको सूचनामा जनाइएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २५१ सांसदले गत बैशाख १७ महाभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...