चितवनमा काँग्रेसका सूर्यबहादुरले एमालेको २० बर्षे लालकिल्ला भत्काउँदै पत्तासाफ गर्ने



काठमाडौं ।

प्रादेशिक संरचनामा प्रवेस गरेपछि वनेको चितवनको नयाँ महानगरपालिका भरतपुर महानगरपालिका वडा नं २९ मा नेकपा एमालेको लालकिल्ला भत्किने भएको छ । 

यसपालिको स्थानिय निर्वाचनमा जनताकै आडभरोसामा पूर्व क्याप्टेन सूर्य बहादुर गुरुङले लामो समयदेखि एमालेले आफ्नो पकडक्षेत्र मानेको उक्त वडामा नेपाली काँग्रेसको तर्फबाट ऐतिहासिक विजय प्राप्त गर्ने भएका छन् । 

स्थानिहरुको रोजाईमा परेका गुरुङले वडाको विकास र समृद्धीको लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् । उनले आफु विजय भइसकेपछि प्राप्त हुने तलव भत्ता लाई सामाजीक सेवामा लगाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । 

एमालेका स्वर्गिय नेता मदन भण्डारी र जिवराज आश्रितको दुर्घटनास्थलसमेत रहेको उक्त वडाका जनतालाई एमालेले धोका दिएको र स्थानिय नेतालाई पाखा लगाउने गरेको भन्दै स्थानियबासीले काँग्रेसका तर्फबाट गुरुङलाई नै एक असल नेताको रुपमा प्राप्त गर्ने जनाइएको छ । 

यतिखेर भरतपुर महानगर वडा नं २९का जनताले सूर्य बहादुर गुरुङसहितको प्यानललाई जिताउन चौतर्फि तयारी गरिरहेको समाचार समेत आएका छन् । यसवाट एमालेको २० बर्षे विरासत तोडिने र जनताले गुरुङलाई वडाध्यक्षको रुपमा पाउने भएका छन् ।

२०७४ बैसाख २८ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस्

Loading...