माओवादी केन्द्रका मतदाता चढेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा २ जनाको मृत्यु

  • सिन्धुपाल्चोक ।

स्थानीय तहको चुनावका लागि मतदाता बोकेर दोलखातर्फ जाँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा दोलखा लामिडाँडा ४ का मुक्तिनाथ घिमिरे र उनकी पत्नी रत्नकुमारी घिमिरे रहेको सिन्धुपाल्चोकका एसपी रविन्द्र केसीले बताएका छन्

नेकपा माओवादी केन्द्रले रिजर्भ गरेर लगेको बस विहीवार अपरान्ह लामोसाँघु जिरी सडकखण्डको ३ किलो भन्ने ठाउँमा सडकबाट खसेको थियो ।

दुर्घटनामा परि करीव डेढ दर्जन माओवादी कार्यकर्ता र समर्थक घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ भने अन्यलाई काठमाडौं ल्याइएको  छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...