स्थानीय चुनाव : सुरुवातमै एमालेलाई झट्का, मुगु र मनाङमा माओवादी र कांग्रेस विजयी

सत्तारुढ प्रमुख दुई दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले मुगु, र मनाङ बाट विजयी शुरुवात गरेका छन् ।

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मंगलबार भएको मनोनयन दर्तासँगै माओवादी र कांग्रेसले विजयी शुरुवात गरेको हो ।

माओवादी केन्द्रले मुगुको मुर्मा टप गाउँपालिकाबाट खाता खोजेको छ भने कांग्रेसले हिमालपारिको जिल्ला मनाङको नार फू गाउँपालिकाबाट खाता खोलेको छ ।

मुगुको मुर्मा टप गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट अध्यक्षका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । मुर्मा टप गाउँपालिकाको अध्यक्षमा अन्य पार्टीको उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएका हुन् ।

मुगुकै छायाँनाथ रारा नगरपालिका वडा नं. ९ मा नेकपा माओवादी केन्द्रका मणिचन्द्र रोकाया निर्विरोध निर्वाचित भएका छन् । नेपाली काँग्रेस र नेकपा एमालेको समर्थनमा उनी निर्विरोध उम्मेदवारी भएका हुन् ।

रारा नजिकको एक मात्र पर्यटकिय सम्भावना वोकेको मुर्मा गाउँको विकासको लागि पनि एकजुट भएको नेकपा मओवादी केन्द्रका जिल्ला नेता देबिकृष्ण रोकायाले वताए । नेपाली काँग्रेस लाई एक पुरुष एक दलित महिला सदस्य र एमालेलाई एक महिला एक पुरुष गरी २, २ वटा सदस्य दिइएको छ ।

यता मनाङको नार फु गाउँपालिकाबाट कांग्रेसले जितको खाता खोलेको छ । नार फु गाउँपालिकाबाट नेपाली काँग्रेसका उम्मेदवार मिङमर छिरिङ लामा निर्विरोध भएका हुन् ।

यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामको वडाअध्यक्षमा नेपाली काँग्रेसका एकबहादुर गर्बुजा निर्विरोध निर्वाचित भएका छन् । मंगलबार भएको मनोनयन दर्तामा वडा ४ को वडाअध्यक्षमा गर्बुजाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । गर्बुजा जनता माद्यामिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष समेत छन् ।

२०७४ बैसाख २० मा प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...