सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ बढ्यो


काठमाडौं। 

आइतबार सुनको मूल्यमा सामान्य बृद्धि भयो । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सयले बृद्धि भएर ५४ हजार ६ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला २ सयले झरेर ५४ हजार ५ सयमा कारोबार भएको थियो । चाँदीको भाउ पनि ५ रुपैयाँले उकालो लागेर ७ सय ५५ मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रति औंन्स १२ सय ५३ डलर हाराहारीमा कारोबार भइरहेको थियो ।

प्रतिकृया दिनुहोस्

Loading...