साताको पहिलो दिन शेयर बजारमा गिरावट


काठमाडौं।

आइतबार शेयर बजारमा गिरावट आएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से १६ अंकले ओरालो लागेर १६ सय २७ मा आइपुग्यो ।

शुरुको केही समय सकारात्मक रहेर पछि निरन्तर ओरालो लाग्दै १६ अंकले ऋणात्मक रहेर थामिएको हो । उत्पादनमूलक र अन्य बाहेक अरु सबै समूह ऋणात्मक रहे ।

बीमा समूह सबैभन्दा उच्च १ सय ४ अंकले ओरालो लाग्यो । होटल समूहमा ४९ अंक, जलविद्युत समूहमा २२ अंक, वाणिज्य बैंक समूहमा १८ अंक अनि विकास बैंक समूहमा १५ अंकको गिरावट आयो ।

उत्पादनमूलक समूह भने ५४ अंकले उकालो लाग्यो । यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४६ कम्पनीको ११ लाख ९७ हजार कित्ता शेयर ६८ करोड १९ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...