‘बेपत्ता’ डीआईजीले २० मिनेटको अन्तरमा गरे २ वटा ट्वीट


  • काठमाडौं, १८ बैशाख । 
आइतबार साँझ ललितपुरको बीएण्डबी अस्पताल एकाएक गायब बनेका डीआईजी नवराज सिलवालले आज बिहान २ वटा ट्वीट गरेका छन् ।

अस्पतालबाट डिस्चार्ज भई घरमै आराम गरिरहेको दाबी गर्दै उनले २० मिनेटको अन्तरमा २ ओटा ट्वीट गरी न्याय, लोकतन्त्र र समानताको मिसनमा निरन्तर लागिरहने बताएका छन् । यद्यपी प्रहरी स्रोतले भने सिलवाल खोजीका क्रममा बालकुमारीस्थित घरमा समेत नभेटिएका बताएको थियो ।

बिहान ८ बजेर सात मिनेटमा पहिलो ट्वीट गर्दै उनले भनेका छन्– ‘अन्धकार रातमा जंगलको वाटोमा हिंड्दै गर्दा थोरै प्रकाशले पनि अगाडिको वाटो देखाई रहेको हुन्छ ।’

त्यसको २० मिनेटपछि ८ बजेर २७ मिनेटमा उनले घरमै आरोम गरिरहेको र न्याय, लोकतन्त्र र समानताको मिसनमा निरन्तर लागिरहने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘ अस्पतालवाट घर फर्किएर स्वास्थ्य लाभ गरिरहेको छु। शुभेक्षाका लागि सवैलाई धन्यवाद ! न्याय, लोकतन्त्र र समानताको मिसनमा मेरो समर्पण रहिरहनेछ।’

सर्वोच्च अदालतका प्रधानन्यायाधिस सुशीला कार्कीमाथि महाभियोग दर्ता भएपछि उनी अस्पताल छोडेर हिँडेका थिए ।

अस्पताल छोडेपछि ललितपुर प्रहरीले उनको घर तथा आफन्तको घरमा खोजी गरेपनि भेटन सकेको छैन् । उनले भूमीगत स्थलबाट ट्वीट गर्दै अस्पतालबाट घर फर्किएर स्वास्थ्य लाभ गरिरहेको बताएका हुन् ।

सरकारले उनीमाथि आइजीपी नियुक्ति मुद्दामा किर्ते कामसु पेश गरेको अभियोगमा छानबिन गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

, ,

प्रतिकृया दिनुहोस्

Loading...