डिएसपी गंगा पन्तले प्रचण्ड-देउवालाई श्रद्धाञ्जली दिएपछि बालुवाटरदेखि नक्सालसम्म भूकम्प


काठमाडौं,२० बैशाख ।

एक जना महिला प्रहरी अफिसरले प्रधानमन्त्री प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई श्रद्धञ्जली दिएकी छन् ।

नेपाल प्रहरीकी डिएसपी गंगा पन्तले देशको प्रधानमन्त्रीलाई नै श्रद्धाञ्जली भनेपछि उनको तीव्र रुपमा अालोचना भएको छ ।

फेसबुक प्रयोगकर्ता अमित सिहं कार्कीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको पक्षमा लेखिएको स्टाटसमा कमेन्ट गर्दै डिएसपी पन्तले प्रचण्ड र देउवालाई श्रद्धाञ्जली व्यक्त गरेकी हुन ।

कार्कीले देउवा र प्रचण्डले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाएर लोकतन्त्र मास्ने षड्यन्त्रलाई कुसलतापूर्वक फेल फेल गरेको भन्ने अासयको स्टाटस लेखेका थिए । त्यसमा कमेन्ट गर्दै डिएसपी पन्तले ‘रिप’ लेखेकी छन् । यसको अर्थ प्रचण्ड र देउवालाई श्रद्धाञ्जली दिएको भन्ने अर्थ लागेको छ ।

प्रहरी हेडक्वाटर नक्सामा कार्यरत डिएसपी पन्तको उक्त कमेन्टपछि हंगामा मच्चिएको छ । बालुवाटरले पनि पन्तको बारेमा जानकारी मागेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...