पत्रकार पुष्टमान घर्तीमगर लिवाङबाट गिरफ्तार



लिवाङ, २६ बैशाख।

पत्रकार पुष्टमान घर्तीमगरलाई प्रहरीले बिना कारण गिरफ्तार गरेको छ । मंगलबार बिहान ९ बजेतिर मगरलाई सदरमुकाम लिवाङबाट गिरफ्तार गरेको हो ।

नेपाल पत्रकार महासंघ रोल्पाको दसौं जिल्ला अधिवेसनमा सहभागी भई बजारमा हिडिरहेको अवस्थामा उनलाई गिरफ्तार गरिएको हो ।

सोमबार लिवाङमा सम्पन्न अधिवेसनबाट घर्तीमगर प्रदेश पार्षदमा निर्वाचित भएका छन् । निर्वाचित भएको घोषणाको केहीसमयपछि उनलाई गिरप्तार गरिएको लिवाङबाट पत्रकार जन्मदेव जैसीले जानकारी दिए । बिनाकारण घर्तीमगर गिरफ्तार गरिएकोमा चौतर्फी विरोध भएको छ ।

क्रान्तिकारी पत्रकार संगठन नेपालले घटनाको विरोध गर्दै गिरफ्तारको भत्सर्ना गरेको छ । बिनासर्त मगरलाई तुरुन्त रिहा गर्न माग गरेको छ ।

संगठनको प्रतिनिधि टोली गिरफ्तार मगरलाई भेट्न प्रहरी कार्यालय लिवाङमा जाने क्रममा रहेको बताएका छन् ।


,

प्रतिकृया दिनुहोस्

Loading...