आफ्ना केन्द्रीय नेता गिरफ्तार परेपछि विप्लवले निकाले यस्तो कडा विज्ञप्ति (हेर्नुहोस् विज्ञप्तिसहित)

  • काठमाडौं । 
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले संकटकालको झल्को आउने गरि आफ्ना नेता कार्यकर्ता गिरफ्तार नगर्न प्रचण्ड सरकारलाई चेतावनी दिएका छन् ।

आइतबार बिहान पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर व्यूरो इन्चार्ज सन्देश पौडेललाई महोत्तरीको बर्दिवासबाट प्रहरीले गिरफ्तार गरेपछि महासचिव विप्लवले विज्ञप्तिमार्फत देशैभरबाट पक्राउ गरिएका सबै नेता कार्यकर्ताको रिहाइको माग गर्दै यस्तो चेतावनी दिएका हुन् ।

महासचिव विप्लवले सरकारले जारी राखेको गिरफ्तारी र धरपकडविरुद्ध उत्रन कार्यकर्ता र जनतालाई अपील समेत गरेका छन् ।

”संकटकाल सम्झाउने गरी प्रचण्ड सरकारले गिरफ्तार गरेको छ । सरकारले हालसम्म हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर ब्यूरो इन्चार्ज क. सन्देश पौडेल र वैकल्पिक केन्द्रीय सदस्य नारायण महर्जनसहित बर्दिय, रुकुम, काभ्रे, चितवन, सिन्धुली, दैलेख, ललितपुर, कास्की, नवलपरासी, काठमाडौँ, दोलखा, सल्यान, धादिङ पर्वतलगायत जिल्लाबाट १५० जनाभन्दा बढी नेता–कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । गिरफ्तार कमरेडहरुलाई युद्धकालमा जस्तै झुट्टा मुद्धा लगाएको छ, कैयौंलाई यातना दिएको छ र वेपत्ता पारेको छ । हामी प्रचण्ड सरकारको गिरफ्तारी, तानाशाही मदनको कडा भत्र्सना गर्दछौँ” विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासचिव विप्लवले सरकार तानाशाही रुपमा दमन र गिरफ्तारीमा उत्रेको भन्दै भर्त्सना गर्दै गिरफ्तार नेता–कार्यकर्तालाई विनासर्त रिहाई गर्न समेत माग गरेका छन् ।

”पार्टी पंक्ति, नेता, कार्यकर्ता, आम नेपाली श्रमजिवी नागरिकहरुलाई प्रचण्ड सरकारको दमनबाट नहड्बडाउन, नआत्तिन र प्रतिक्रियावादी संसदीय चुनावको खारेज अभियानमा डट्न र राज्य आतंकको प्रतिरोध गर्न अपील गर्दछौँ” विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति 

२०७४ बैसाख २४ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...