एमालेले गर्यो कीर्तिपुर कब्जा, महर्जन मेयर, खड्का उपमेयर

  • कीर्तिपुर ।
कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा एमालेका उमेदवार रमेश महर्जन विजयी भएका छन् । महर्जनले नेपाली कांग्रेसका राजकुमार नकर्मीलाई ७ सय ४४ ले मतले पराजित गरेका हुन् ।

अन्तिम मतपरिणाम अनुसार महर्जनले ७ हजार ३ सय ६० मत ल्याएको छन् भने कांग्रेसका नकर्मीले ६ हजार ६ सय १६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयरमा पनि एमालेकी सरस्वती खड्का ६ हजार ८ सय १० मतका साथ विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसकी बिमला विष्टले ६ हजार ४४ मत ल्याइन् ।

कीर्तिपुरमा एमालेले वडा १,२,३,६,९ मा पुरै प्यानल जितेको छ भने ७ र १० वडा अध्यक्ष सहित केही सदस्य जितेको छ । त्यसैगरी कांग्रेसले वडा ४, ५, ८ मा वडा अध्यक्ष र सदस्य जितेको छ ।

२०७४ जेठ ५ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...