स्थानीय निर्वाचन : अब १७ ठाउँको परिणाम आउन बाँकी, २ मा पुनः मतदान हुँदै

  • काठमाडौँ । 
वैशाख ३१ गते आइतबार सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा अहिलेसम्म २६४ स्थानीय तहको परिणाम आइसकेको छ। काठमाडौँ, ललितपुर, पोखरा र भरतपुर महानगरसहित हेटौंडा उपमहानगरको पनि मत परिणाम आउन बाँकी छ।

मत परिणाम आउन बाँकी रहेकामा कालिकोटका दुई, हुम्लाको एक, दोलखाको एक र सिन्धुपाल्चोकको एक गरी पाँच गाउँपालिका र बाँकी सबै नगरपालिका रहेका छन्।

पहिलो चरणमै हुनुपर्ने निर्वाचन दोलखाको मेलुङ र कालिकोटको नरहरिनाथ गाउँपालिकामा पुनः निर्वाचन जेठ ७ गते हुने बताइएको छ। 

कालिकोटको कालिका गाउँपालिकाको पनि मतपरिणाम ढिलो हुने भएको छ। यता हुम्लाको खर्पुनाथमा जेठ ५ गते निर्वाचन भएको छ। यहाँको मतगणना अझै सार्वजनिक भएको छैन। 

अब परिणाम आउन बाँकी स्थानीय तह यी हुन्ः

काठमाडौं महानगरपालिका- काठमाडौं

चन्द्रागिरि नगरपालिका- काठमाडौं 

कागेश्वरी मनोहरा नगरपालिका- काठमाडौं

बुढानिलकण्ठ नगरपालिका- काठमाडौं

ललितपुर महानगरपालिका- ललितपुर

महालक्ष्मी नगरपालिका- ललितपुर

चाँगुनारायण नगरपालिका- भक्तपुर

मध्यपुर थिमी नगरपालिका- भक्तपुर

सूर्यविनायक नगरपालिका- भक्तपुर

पोखरा-लेखनाथ महानगरपालिका- कास्की

भरतपुर महानगरपालिका- चितवन 

खैरहनी नगरपालिका- चितवन

रत्ननगर नगरपालिका- चितवन राप्ती नगरपालिका- चितवन

हेटौडा उपमहानगरपालिका- मकवानपुर

ईन्द्रावती गाउँपालिका- सिन्धुपाल्चोक

कालिका गाउँपालिका- कालिकोट (केही ढिलो गरी मतदान भएको)

खार्पुनाथ गाउँपालिका- हुम्ला (जेठ ५ गते पुन मतदान भएको)

नरहरिनाथ गाउँपालिका- कालिकोट (पुन मतदान हुने)

मेलुङ गाउँपालिका- दोलखा (पुन मतदान हुने

२०७४ जेठ ७ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...