अहिलेसम्म २५० स्थानीय तहको नतिजा सार्वजनिक, कसले कति जिते ?

  • काठमाडौं ।
वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको गणना झण्डै पाँच दिन अघिदेखि जारी रहेको छ ।

३४ जिल्लाको २८३ स्थानीय तह मध्ये अहिलेसम्म २ सय ५० स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।

प्राप्त परिणामअनुसार एमालेले सबैभन्दा बढी २०२ स्थानीय तहमा जित हात पारेको छ भने १५ स्थानमा अगाडि छ ।

यस्तै, नेपाली काँग्रेस अहिलेसम्म ९७ स्थानमा विजयी भएको छ भने ९ स्थानमा अग्रता कायम राखेको छ ।

नेकपा माओवादी केन्द्रले हालसम्म ४५ स्थानमा प्रमुखसहित विजयी हासिल गरेको छ भने ३ स्थानमा अग्रता कायम राखेको छ ।

अन्य तीन स्थानमा राप्रपा, नेमकिपा र नयाँ शक्तिले तथा तीन स्थानमा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

२०७४ जेठ ५ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...