कांग्रेस कार्यकर्तामाथि एमालेको सांघातिक हमला, ७ जना घाइते

  • धादिङ।
स्थानीय तह निर्वाचन सकिए लगत्तै दलका कार्यकर्ताहरु एक अर्कामाथि सांघातिक हमलामा उत्रेका छन्। यसै क्रममा धादिङ मा एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्ता माथि हमला गरेका छन् ।

विजय जुलुसमा सहभागी भएर घर फर्कँदै गरेका काँग्रेस कार्यकर्तालाई बाटो छेकेर एमाले कार्यकर्ताले आक्रमण गरेका हुन्। 

आक्रमणमा परी काँग्रेस धादिङ जिल्ला सचिव तथा ज्वालामुखी गाउँपालिकाका प्रमुख विनोद तिमिल्सिनासहित अन्य ७ जना घाइते भएका छन्।
शनिबार साँझ धादिङको मैदीमा भएको आक्रमणका घाइतेहरुलाई उपचारका निम्ति सदरमुकाम ल्याइएको धादिङ काँग्रेसका पूर्व सभापति रामनाथ अधिकारले बताए।
२०७४ जेठ ७ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...