आयो डिभी चिट्टा २०१७ को रिजल्ट, यसरी हेर्नुहोस् परिणाम


अमेरिकाले गत वर्ष खोलेको इडिभी चिट्टाको नतिजा मंगलबार राति सार्वजनिक गरेको छ। सन् २०१८ इडीभी नतिजा मंगलबार राति ९: ४५ बजे सार्वजनिक भएको हो। 

यस डीभी चिठ्ठाको नतिजा यहाँ गएर हेर्न सकिन्छ। डिभी परे नपरेको हेर्नका लागि डिभी भर्दा पाएको कन्फर्मेशन नम्बर हान्नु अनिवार्य मानिएको छ। 

डिभी परेको वा नपरेको भन्नेबारे इमेल अथवा अन्य माध्यमद्वारा जानकारी भने प्राप्त हुँदैन। गत वर्ष ४ अक्टोबर देखि ७ नोभेम्बर सम्म डिभीका लागि आवेदन खुल्ला भएको गरिएको थियो। 

अमेरिकाको ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटले डिभी चिठ्ठाको नतिजा नेपाली समयअनुसार पौने १० बजे सार्वजनिक गरे पनि अमेरिकाको इडिटी समयअनुसार यो नतिजा मंगलबार मध्यान्हपछि सार्बजनिक हुन्छ। 

डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ। नेपालमा सोमबार देखि शुक्रबारसम्म (बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म) सो केन्द्रमा फोन नं:१-८००-०९१-०११४ मार्फत सम्पर्क गर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। 

यस्तै अमेरिकामा रहनेहरूले (७०३)९८८-३४२८ मा सम्पर्क गरी सोधपूछ गर्न सक्नेछन्। निवेदकहरुले support-nepal@ustraveldocs.com मा ईमेल गरेर पनि जानकारी लिन सक्ने दूतावासले जनाएको छ।

२०७४ बैसाख २० मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...