फापेन चुनाव, चट्याङले लियो उम्मेदवारको ज्यान, निर्वाचन स्थगित


  • चितवन ।
चितवनमा स्थानीय तहको चुनावमा उठेका नेकपा माओवादी केन्द्रका उम्मेदवारको चट्याङ लागेर मृत्यु भएको छ।

कालिका नगरपालिका–११ मा खुल्लातर्फको सदस्य पदका उम्मेदवार ३८ वर्षीय सिफल चेपाङको चट्याङ लागेर मृत्यु भएको हो। 

गएराति तीन बजेतिर परेको चट्याङ लागेर घाइते भएका चेपाङको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।

उम्मेदवारको निधनपछि कालिका नगरपालिकाको निर्वाचन स्थगित भएको छ। उम्मेदवारको निधन भएपछि निर्वाचन कार्यक्रम स्थगित गरेर आयोगलाई जानकारी गराएको निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिए।

शर्माका अनुसार अन्तिम नामावली प्रकाशन भएपछि उम्मेदवारको निधन भए निर्वाचनका सबै कार्यक्रम स्थगित हुने प्रावधान रहेको छ। स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ६० बमोजिम निर्वाचन स्थगित गरिएको हो।

, ,

प्रतिकृया दिनुहोस्

Loading...