बाबुराम भट्टराईले पालुङ्टार पुगेर गरे मतदान


  • गोरखा ।
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले गोरखाको पालुङ्टार पुगेर मतदान गरेका छन् । गोरखा पालुंगटार नगरपालिका–१ स्थिति अन्नपूर्ण माविको बुथमा पुगेर उनले मतदान गरेका हुन् ।

मतदानपछि उनले भनेका छन्, ‘स्थानीय सरकारको पहिलो ऐतिहासिक निर्वाचनमा मतदान गरियो है । सबैको जय होस् । समृद्ध नेपाल निर्माणको आधार बनोस् ।’

उनि यसअघि संबिधानसभाको निर्वाचनमा गोरखाबाट नै बिजयी हासिल गरेका थिए ।

२०७४ बैशाख ३१ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...