फलोअप : नमोबुद्धमा माओवादी कार्यकर्ताको गोली हानी हत्या भएको प्रहरीद्वारा पुष्टि, यसकारण घटना गुपचुप राख्न खोजियो !

  • काभ्रे ।
काभ्रेको नमोबुद्धमा २ जनाको अज्ञात समूहले माओवादी केन्द्रका एक स्थानीय कार्यकर्ताको गोली हानी हत्या गरेको छ । शनिबार राती उक्त समूहले माओवादी केन्द्रका स्थानीय कार्यकर्ता नबराज पाठकको हत्या गरेको काभ्रेका डीएसपी नविन राइले पुष्टि गरेका छन् ।

सिबिलमा आएका २ जनाको अज्ञात समुहले माओवादी केन्द्रका स्थानीय कार्यकर्ता पाठकमाथि गोली हाने लगत्तै आएको सशस्त्र पहरीले उनलाई धुलिखेल अस्पताल पुर्याएको थियो।

इमान्दार मिडियासँग कुरा गर्दै काभ्रेका डिएसपी नबिन राइले शनिबार राती नै पाठको मृत्यु भएको पुष्टी गरेका हुन्।

घटना भएको वडामा अहिलेसम्म मतदान हुन् सकेको छैन। पाठक हत्याकाण्डपछि नमोबुद्धमा स्थानीयहरू मतदान केन्द्रमा सहभागी भएका छैनन् । 

सम्भबत मतदान स्थगित हुन् सक्ने माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्यमान तामाङ्ले बताएका छन्।

यसकारण घटना गुपचुप राख्न खोजियो

पाठकको हत्या भएको पुष्टि हुँदापनि घटनालाई गुपचुप राख्न खोजिएको छ । विशेषगरी आजको निर्वाचनमा कुनै पनि खालको दखल नपरोस् भन्दै प्रहरीले नै घटना लुकाउन खोजेको देखिएको छ ।

यता यता माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्यमान तामाङले इमान्दार मिडियासँग कुरा गर्दै प्रहरीलेनै सुनियोजित तरिकाले हत्या गरेको उनाले घटनालाई सकेसम्म गुपचुप गर्न खोजेको आरोप लगाएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...