काठमाडौँ महानगरपालिकामा एमालेले खाता खोल्यो

  • काठमाडौं ।

वडा नम्बर १ को वडा अध्यक्षमा जितेर काठमाडौँ महानगरपालिकामा एमालेले खाता खोलेको छ । 

वडाअध्यक्षमा एमाले उम्मेदवार भरतलाल श्रेष्ठ १ हजार ३५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोला थापाले ६ सय ३९ मत ल्याए ।

एमालेबाट महिला सदस्यमा अष्टमाया तण्डुकार र खुला सदस्यमा अष्टकुमार श्रेष्ठ विजयी भएका छन् । दलित महिला सदस्यमा कांग्रेसकी मीना सुनार बिजयी भइन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...