राप्रपाः दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार तय

भद्रपुर । 

राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि झापाका सबै नगरपालिकाका लागि उम्मेदवार छनोट गरिसकेको छ । 

सोअनुसार भद्रपुर प्रमुखमा नवराज पनेरु र उपप्रमुखमा राधा कार्की, मेचीनगर प्रमुखमा अशोक सुब्बा र उपप्रमुखमा सविना बजगार्इं, कन्काई प्रमुखमा केदार गिरी र उपप्रमुखमा चित्रा श्रेष्ठ, शिवसत्ताक्षी प्रमुखमा उमानाथ दाहाल र उपप्रमुखमा रोजी लुइँटेल, दमक प्रमुखमा राम थापा र उपप्रमुखमा रीता श्रेष्ठ, अर्जुनधारा प्रमुखमा छविलाल लम्साल र उपप्रमुखमा छनोट हुन बाँकी तथा गौरादह प्रमुखमा अमरबहादुर विष्ट र उपप्रमुखमा उम्मेदवार छनोट हुन बाँकी रहेको राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिए । 

राप्रपा झापाले बिर्तामोड नगरपालिका–१ मा सबै उम्मेदवार महिला मात्र बनाएको छ । 

सोअनुसार वडाध्यक्षमा शारदा रिजाल तथा वडा सदस्यमा मुना विष्ट, सीता काफ्ले, सुचित्रा अधिकारी र मीना विश्वकर्मा उम्मेदवार हुनेछन । 

यसैगरी बिर्तामोड प्रमुखका लागि भक्ति सिटौला र उपप्रमुखमा लीला अनमोललाई उम्मेदवार बनाइएको राप्रपाका महामन्त्री लिङ्देनले जानकारी दिए। 

२०७४ जेठ १ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...